२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

महायज्ञकाे दान पेटिकामा करिव साँढे ४ लाख रुपैयाँ 

मानव सेवा आश्रम निर्माणार्थ माघ १३ गतेदेखि २० गते सम्म संचालन गरिएको महायज्ञमा राखिएका दान पेटिकामा करिव साँढे ४ लाख रुपैया दान प्राप्त भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ र ७ हलवारमा निर्माण गर्ने भनिएको (मानव स्मार)मानव आश्रमका लागि सञ्चालन गरिएको महायज्ञ स्थलमा राखिएका ८ वटा दानपेटीका दाताहरुले ४ लाख ४२ हजार २ सय ३३ रुपैया योगदान गर्नुभएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सुष्मा गिरीले जानकारी दिनुभयो । सोमबार बिहान गणना गरि सम्पन्न भएका दानपेटीकामा एक ब्यक्तिले ५ हजार ५ सय ५५ रुपैया सम्म राखेको पायौ, गिरीले भन्नुभयो । दानपेटीकाको ४ लाख ४२ हजार २ सय ३३ रुपैया र र ५ करोड ९ लाख १६ हजार ३ सय ९३ रुपैया गरि ५ करोड १३ लाख ५८ हजार ६ सय २६ रुपैया नगद र प्रतिबद्धता समेत गरि कुल संकलन भएको हो ।

महायज्ञबाट ५ करोड रकम संकलन गर्ने र आगामी दुई बर्ष भित्र मानव स्मारक निर्माण गर्ने लक्ष्य राखिएको थियो । सोही अनुसारको रकम संकलन भएको महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतले खुशी ब्यक्त गर्नुभयो । महायज्ञ भब्यताका साथ सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भुमिका खेल्नुहुने तिनै तहका सरकार र प्रतिनिधि,राजनीतिक दल,नागरिक समाज,बिभिन्न धर्म प्रति आस्था राख्ने ब्यक्ति,पत्रकार,आम दर्शनार्थी र बिशेष गरि दान दाताहरु प्रति मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी र मुल आयोजक समितिको तर्फबाट संयोजक बस्नेतले धन्यबाद ज्ञापन गर्नुभएको छ ।