अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश बहादुर अधिकारिले भ्रष्टाचार निर्मुल पार्नको लागि उच्च प्रबिधिहरुको नयाँ प्रणालीको थालनी गर्नु आवश्यक रहेको बताउनु भएको छ। शान्तिनगर गाउँ पालिकामा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजले आयोजना र शान्तिनगर गाउँ पालिकाको ब्यबस्थापनमा गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तर क्रीया कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो।
कार्यालय प्रमुख अधिकारीले एकीकृत प्रयास बिना भ्रष्टाचार उन्मुलन हुन नसक्ने भन्दै सहकार्य , समन्वय र प्रतिबद्धताको खाचो रहेको समेत बताउनु भएको छ। कार्यालय प्रमुख गणेश बहादुर अधिकारीले तिनै तहको सरकार ,नागरिक समाज,संचार माध्यम र सामाजिक संघ संस्था एबं निकाएको बिचमा भ्रष्टाचार विरुद्ध एकीकृत र समन्वयात्मक प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण सम्भब रहेको बताउदै प्रमुख अधिकारिले नेतृत्व बाट हुने भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित सबै पक्ष थप कठोर हुन अनिवार्य रहेको बताउनु भएको छ। प्रमुख अधिकारिले देसभर २८ हजार ६७ उजुरी अख्तियार कार्यालयमा परेको र सबै भन्दा बढी स्थानीय तहको आउने गरेको बताउनु भएको छ।
शान्तिनगर गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतले भ्रष्टाचार निर्मुल गर्नको लागि उच्च प्रबिधी युक्त नयाँ प्रणालीको थालनी गर्नु आवस्यक रहेको बताउनुभयो । जुन कसैले पनि चाहेर पनि भ्रष्टाचार गर्न नपरोस साथै अध्यक्ष बस्नेतले हरेक मानिसले आफू बाट होइन अर्को बाट सदाचार व्यबहारको अपेक्षा गर्ने बताउनुभयो ।आफुले गरेका काम कारबाहीको मुल्यांकन गर्दैन यसले पनि भ्रष्टाचार मौलाइ रहेको भन्दै अध्यक्ष बस्नेतले भ्रष्टाचार विरुद्धको अभियानमा धैर्यता हुनुपर्ने बताउनु भएको छ।त्यसै गरि शान्तिनगर गाउँ पालिकाकी उपाध्यक्ष प्रेमा के सि ले हरेक भौतिक निर्माणको प्राबिधिक परिक्षण गरिनु पर्छ ताकी यसले लागत अनुसारको निर्माण भएको छ छैन थाहा हुन्छ।
त्यसै गरि शान्तिनगर गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत भीष्म कुमार मल्लले निजि स्वार्थ र हितमा राज्य सक्तिको दुरुपयोग गराउने गम्भीर अपराध भएको बताउनु भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंज का प्रमुख गणेश अधिकारी को अध्यक्षता एबं शान्तिनगर गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एबं उपाध्यक्ष प्रेमा के सि को बिशिस्ट आतिथ्यता भएको उक्त अन्तर क्रीया कार्यक्रममा जनप्रतिनिधि ,संचार माध्यम, गाउँ पालिकाका सम्बन्धित शाखाका प्रमुख हरु र विभिन्न बिधालय संघ सस्थाका प्रतिनिधि हरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंज का सूचना अधिकारी झलक के सि ले गर्नु भएको थियो।