२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

मृगौला पिडित चौधरीको उपचारमा सहयोगको अपिल, १ लाख ३९ हजार बढि सहयोग

दाङ शान्तिनगर – ५ कासीपुरका खुशीराम चौधरी लामो समय देखि दुबै मृगौला फेल भएर घरमा थला परेका छन् । आर्थिक अवस्था कमजोर भएका चौधरीलाई उपचार गर्न समस्या परेको छ । आर्थिक नहुँदा उनि घरमै थला परेका छन् । घरमा एक पैसा नहुँदा अस्पतालमा उपचार गर्न जान नसकेको चौधरी बताउछन् ।

खुशीराम चौधरी बचाऔं अभियान संचालन
आर्थिक कमजोर हुँदा उपचार गर्न नसकेका चौधरीको उपचारमा सहयोगका लागि खुशीराम चौधरी बचाऔ अभियान संचालन गरिएको छ । रुटिन अफ शान्तिनगरका संचालक तथा सामाजिक अभियान्ता हरी खड्काले देश तथा विदेशबाट सहयोग रकम जम्मा गरिदिनु भएको छ । विभिन्न सहयोगी मनबाट हाल सम्म १ लाख ३९ हजार सहयोग रकम जम्मा भएको छ । सो रकम आज शनिवार एक कार्यक्रम विच हस्तान्तरण गरिएको छ । शान्तिनगर गाउँपालिका वडा नं. ५ वडा अध्यक्ष ओपेन्द्र वहादुर रावत, पूर्व अध्यक्ष गिरीराज बस्नेत, समाजसेजी विजय के.सी. को उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो । सहयोग गर्न चाहने व्यक्तिले सामाजिक अभियान्ताको फोन नं. ९८०६२९९१९८ सम्पर्क गर्न सकिने बताइएको छ ।