दाङको तुलसीपुरमा जारी तुलसीपुर महोत्सवमा आज शनिवार चर्चित हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को प्रस्तुति रहने छ । हास्यकला सहित सामाजिक कार्य समेत लागेका धुर्मुस र सुन्तली पछिल्लो समय नेपाली समाजमा धेरै रुचाइएका कलाकार हुन् । धुर्मुस र सुन्तलीको आगमनले शनिबार दर्शकहरुको भिड हुने आयोजकले दाबी गरेको छ ।
आज शनिवार अन्य कलाकारहरु गायक बिक्रम परियार, रोशन रत्गैया, सन्दिप सुनार, गायिका इब्सु सञ्ज्याल, डान्सर करिष्मा ढकाल र रञ्जिता पाण्डेको बेजोड प्रस्तुति रहने सांस्कृतिक संयोजक रुपबहादुर खत्रीले जानकारी दिनुभयो । माघ २४ गतेबाट सुरु भएको महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा एक करोडको आर्थिक कारोबार र करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।