दाङ शान्तिनगरको धनौरी स्वास्थ्य चौकीमा भएको निशुल्क स्वास्थ्य शिविरमा ८ सय जनाले स्वास्थ्य लाभ लिएका छन् । स्वास्थ्य शिविरमा ६ सय जनाले स्वास्थ्य लाभ लिने लक्ष्य राखिएकोमा ८ सय जनाले स्वास्थ्य लाभ लिएको समाजसेवी तथा शिविर संचालनका कार्यक्रम संयोजक विजय के.सी.ले जानकारी दिनुभयो । शिविरमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हेमराज शर्मा, सल्य चिकित्सक रवि आचार्य, स्त्रीरोग शेखर शर्मा, बरिष्ठ जनरल सर्जन सुमन के.सी, डा. नुरज श्रेष्ठ, डा. जनक गुरुङ लगायत चिकित्सक तथा नर्सहरुको टिमले बिरामीको स्वास्थ्य परिक्षण गरेको थियो भने निशुल्क औषधी पनि वितरण गरिएको थियो।
नेपाल औषधि थोक व्यवसायी संघले आफ्नो आठौ स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्दै पश्चिम दाङको धनौरी स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको हो । शिबिरमा प्राविधिक सहयोग तुलसीपुर सिटी हस्पिटल प्रा.लि. को रहेको छ भने स्थानिय व्यवस्थापन शान्तिनगर गाउँपालिका वडा नम्वर ५,६ र ७ को रहेको थियो । साथै शिबिरलाई प्रभावकारी बनाउन र व्यबस्थित गर्न नेपाल औषधी तथा बिक्री प्रतिनिधी संग दाङ ईकाई, आरसीसी भिलेज काशिपुर तथा शान्तीनगर थारु समाज लगायतका संस्थाहरुको सहयोग रहेको थियो ।