पश्चिम दाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ४ ठाँटीखोलाका २४ वर्षीय तेजलाल खत्री रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिनुभयो । घटना हिजो शुक्रबार दिउँसो १ बजे भएपनि प्रहरीले राती ८ बजे मात्रै खबर पाएको थियो । जानकारी पाए लगत्तै हिडेको राती १ बजे मात्रै घटनास्थलमा पुगेको थियो । घटनास्थलमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको र साथमा एउटा बन्दुक फेला परेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
शान्तिनगर १ को मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा बन्दुक पट्किएर हात र पेटमा गोली र छर्रा लाग्दा खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको । उनीसँगै अन्य १०,१२ जना व्यक्तीहरु पनि जंगलमा गएको बुझिएकाले उनीहरुको खोजी भइरहेको उहाँले बताउनुभयो । ।