२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

शंकास्पद वस्तु विस्फोटमा परी तीन जनाको मृत्यु

सांकेतिक तस्वीर ।

बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ । तीन जना घाइतको उपचार भइरहेको छ ।
निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार मध्याह्न विस्फोट भएको थियो । विस्फोटमा परी वर्कसप सञ्चालक ४५ वर्षका रेशम मगर, भारतका राकेश जैसवाल र वीरगञ्ज ९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको थियो ।

तीन जना घाइतेको उपचार भइरहेको छ । निजगढका सूर्यबहादुर थापाको सामुदायिक प्रसूति गृह अस्पतालमा उपचार भइरहेको छ भने वीरगञ्जका फिरोद देवान र भारतका अरविन साहको बयोधामा उपचार भइरहेको छ । बारा प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा कवाडी किन्ने भारतका रमेश जैसवाल र निजगढका टिकाराम पाख्रिनलाई पक्राउ गरेको छ ।