२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

थारु समुदायका अगुवा र विज्ञसंग प्रभावकारी कार्यक्रमका लागि अन्तरक्रिया

लुम्बिनी प्रदेश सरकारले थारु समुदायको कला संस्कृतिसंग सम्बन्धित योजना कार्यान्यनका लागि थारु समुदायका अगुवा तथा विज्ञसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको समन्वय तथा पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजनामा कार्यक्रम गरिएको हो । थारु समुदायसंग जोडिएका कार्यक्रमलाई थप प्रभावकारी बनाउन र योजनागत रुपमा कार्यक्रम मार्यान्वयन गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताए ।
चौधरीले प्रदेशवासीलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ भन्ने सोचका साथ सरकार लागेको बताए । उनले नागरिले घरमै बसेर आफनो कला सस्कृति परम्परा बेचेर आर्थिक उपार्जन गर्न तर्फ लागनु पर्ने बताए ।
सहभागिहरुले थारु समुदायसंग जोडिएर आएका प्रदेश सरकारका कार्यक्रमहरु प्रभावकारी बनाइनु पर्ने र आबश्यकताको आधारमा काम हुनु पर्ने बताएका थिए । उनीहरुले थारु संस्कृति र कलालाई विक्रि गर्न नसकिएको भन्दै त्यसमा केन्द्रित कार्यक्रम हुन सकेमा थप प्रभावकारी हुने सुझाव दिएका थिए ।
बाँकेमा कृष्ण चौधरीले सस्कृतिको बजारीकरण हुन नसकेको बताए । उनले स्थानीय उत्पादन, कला, सस्कृति, परम्पराको ब्रान्डिङ गर्न लाग्नु पर्ने बताए । उनले तालिम र सीप पुर्वाधार निर्माण गरौ, सीप कला प्रविधि र ज्ञान जोडौ । चालु वर्षमा प्रदेशमा १० करोड बराबरको कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।