२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

दंगिशरण ६ मा महिला शसक्तिकरण तालिम

दंगीशरण गाउँपालिका वडा न ६ को आयोजना तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहजीकरणमा ७ दिने महिला शसक्तिकरण सहित नारी दिवस सम्बन्धि तालिम वडा न ६ को कार्यालयमा सूरु भएको छ । वडा न ६ का कार्यवाहक अध्यक्ष टंकी भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा ७ दिने औपचारिक तालिमको उद्घाटन गरीएको हो । मनोबिमर्श सहित महिलाहरु नेतृत्वको पहुँच सम्म पुग्दा आइपर्ने समस्याहरुको समाधान तथा बक्तित्वकलाको विकास सम्बन्धि बिषयबस्तु समेटिने कार्यक्रम सयोजक आर.के. सितलले जानकारी दिनुभयो ।

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले असक्तहरुलाई सशक्त बनाउने उदेस्यका साथ वडा न ६ ले कार्यक्रम आयोजना गरेकोप्रती खुसि ब्यक्त गर्नुभयो । बिगतका बर्षहरुको तुलनामा अहिलेको अवस्थामा महिला शसक्तिकरणमा वृद्धि भएको बताउनुभयो । महिलाहरुमा हरेक कुरा लगनशीलता ,इमानदारीता,हुने भएकाले महिलाहरुको राज्यको हरेक मुल प्रवाहमा ल्याउन ससक्तिकरणको माध्यम वाट अगाडी बढाउन बिभिन्न कार्यक्रमहरु ल्यायको अध्यक्ष गिरीले बताउनुभयो ।पछिलो समयमा अगाडीका परम्परागत सस्कारहरु लोप हुदै गएकोप्रती पनि चिन्ता ब्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण नेपाल महिला सामुदायिक सेवाकेन्द्रकि लक्ष्मि ढकालले गर्नुभएको थियो ।