२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

सत्ता समीकरणमा फेरबदलको संकेत

सत्ता समीकरणमा फेरबदल आउने संकेतसँगै नेकपा एमालेको सचिवालय बैठक पार्टी अध्यक्षको निवास बालकोटमा जारी छ। बैठक बिहान ७ बजे देखि जारी रहेको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। यता सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहान ७ बजेदेखि बालुवाटार जारी छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बालुवाटारमा जारी रहेको हो।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको नेताहरुले खुलासा गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको हो।
दलहरूबीच हाल प्रधानमन्त्री प्रचण्ड नै रहने सहमतिसमेत भएको छ। नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जनता समाजवादी सहभागी हुने नेताहरुको दाबी छ। आइतबारको बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल र महासिचव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।