दाङको बबई गाउँपालिका वडा नं ७ अन्तर्गत पर्ने चरकमटिया– मठेउरी सडक कालोपत्रे गर्ने काम सुरू भएको छ। चरकमटिया देखि मठेउरी ४०० मिटर कालोपत्रे र दामोदर सडक खण्डसम्म १ किलो मिटर सबबेसको काम हुने बबई गाउँपालिका वडा नं. ७ वडा अध्यक्ष तिलकराम भण्डारीले जानकारी दिनुभयो । अहिले सडकमा रोलिङ सबबेसका काम भइरहेको केहि दिनमा कालोपत्रको काम हुने वडा अध्यक्ष भण्डारीले बताउनुभयो । बबई गाउँपालिकाको समपुरक कोषको ५० लाख लागतमा ठेक्का टेण्डर भई काम सुरु भएको हो । वडा अध्यक्ष भण्डारीले कालोपत्रको काम गरिहेको निर्माण ब्यवसायीहरुलाई सल्लाह सुझाब दिन र कामको अनुगण् गर्न सबैलाई अनुरोध गर्नु भएको छ । स्थानीय विकासकालागि सल्लाह सुझाब, अनुगमण र चासो दिनु सबैको दायित्व रहेको उहाँले बताउनुभयो ।