दाङको बबई गाउँपालिकामा ११४ ओैं अन्तर्राष्ट्रिय नारी दिवस बिबिध कार्यक्रम गरी मनाईएको छ। अन्तरपार्टी महिला सञ्जाल बबईको आयोजना, बबई गाउँपालिका, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आर्थिक सहयोग तथा बिभिन्न संघसंस्थाहरुको समन्वयमा बिभिन्न सास्कृतिक कार्यक्रम गरि दिवस मनाईएको हो।
अन्तरपार्टी महिला सञ्जाल बबईका अध्यक्ष शारदा शाहाको अध्यक्षता, बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्काको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका निवर्तमान उपाध्यक्ष सावित्रा बिश्वकर्माको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिभिन्न महिला समुहको शान्तिपूर्ण र्याली संगै महिलाहरु बिच लोक गित र लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा र्याली तर्फ जनजागरण सक्षम आमा समुह प्रथम, छहरा स्वास्थ्य आमा समुह दोस्रो, सहनशील स्वास्थ आमा समुह तेस्रो र कर्णाली कृषक समुह सान्त्वना भएका छन् । लोक गित तर्फ निर्मला केसी प्रथम, कमला बिक, मेनुका केसी र कमला केसी दोस्रो, कर्णाली कृषक समुह तेस्रो तथा जुने डाँगी र मिना भण्डारी सान्त्वना हुनुभएको छ।
त्यस्तै नृत्य तर्फ पुस्पा वली प्रथम, हिमा वली दोस्रो र सरिता वुढा तेस्रो हुनुभएको छ। अन्जु घर्तीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण दिपा केसीले गर्नुभएको थियो ।