२०८१ जेष्ठ १० गते बिहिवार
२०८१ जेष्ठ १० गते बिहिवार

संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालय अगाडि : अध्यक्ष खत्री

दाङको बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालय अगाडि रहेको बताउनुभएको छ। बबई गाउँपालिका ५ खयरभट्टीमा रहेको जनज्योति प्राथमिक विद्यालयले आयोजना गरेको अभिभावक भेलालाई सम्बोधन गर्दै अध्यक्ष क्षेत्रिले देशका उच्चपदस्थ ब्यक्ति देखि कर्मचारी सम्म बन्ने भनेका सामुदायिक विद्यालयबाट अध्यन गरेका ब्यक्ति हरु नै हुने बताउनुभयो ।

विद्यालयलाई अंग्रेजी माध्यमबाट सञ्चालन गर्न आयोजना भएको अभिभावक भेलालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै अध्यक्ष क्षेत्रीले प्रदेश र स्थानिय सरकारले संघीय सरकार संग बाझिने कानुन बनाउन नमिल्ने भन्दै बबईमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने कुरामा अहिले नै जस्ताको त्यस्तै लागु गर्न सकिन्छ नसकिने बताउनुभयो ।

उहाँले यस बिषयमा कार्यपालिका बैठकमा छलफल गरी गाउँ सभाबाट प्रदेश र संघीय सरकार संग नबाझिने गरि कानुन बनाएर कार्यान्वयन गर्न आफुले भरपुर प्रयास गर्ने बताउनुभयो । बबईको शिक्षा क्षेत्रलाई माथि उठाउने कुरामा स्थानिय सरकार सकारात्मक रहेको बताउदै अध्यक्ष क्षेत्रिले समय अनुसार शिक्षाको स्वरुप परिबर्तन गर्न आवश्यक रहेको समेत बताउनुभयो ।

विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन गराउने

दाङको बबई गाउँपालिका ५ खयरभट्टीमा रहेको जनज्योति प्राथमिक बिधालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने भएको छ। बुधबार विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण सुनारको अध्यक्षता, बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका वडा नम्बर २ का वडाध्यक्ष टेक बहादुर वलीको बिशिस्ट आतिथ्यतामा सम्पन्न अभिभावक भेलाले आगामी शैक्षिक सत्र २०८१ देखि कक्षा नर्सरी, देखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।

साथै भेलाले निजि श्रोतबाट २ जना शिक्षक नियुक्त गर्ने र अतिरिक्त समयमा विद्यालय सञ्चालन गर्ने लगायतका बिभिन्न निर्णय गरेको छ। विद्यालय शिक्षिका लक्ष्मी वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रधानाध्यापक कुम्भकर्ण खत्रीले बिधालयको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा बबई गाउँपालिका कार्यपालिका सदस्य नोखि डाँगी, बबई ५ का वडा सदस्य भिम बहादुर खड्का, नेकपा माओवादी केन्द्र बबईका सदस्य जयराम बि.क, नेपाली कांग्रेस बबई ५ का सभापति देविराम शर्मा, नेकपा एमाले बबई ५ का अध्यक्ष शिबप्रसाद भण्डारीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

त्यस्तै नेकपामा ओवादी केन्द्र बबई ५ का अध्यक्ष टेक बहादुर खत्रि, प्राथमिक विद्यालय पुर्वहापुरेका प्रधानाध्यापक जित बहादुर केसी प्राथमिक विद्यालय हुरुमका प्राधानाध्यापक अमृत डाँगी, पुर्व विद्यालय ब्यबस्थापन समिति अध्यक्ष पर्सुराम वली खयरभट्टि सिमगैरा सामुदायिक बन उपभोक्ता समुह अध्यक्ष प्रेम बहादुर खड्का, जेष्ठ नागरिक संघ दाङ जिल्ला सदस्य चन्द्रबहादुर वली लगायतले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सोभाराम वलीले गर्नुभएको थियो । बिंस २०४८ सालमा स्थापना भएको विद्यालय अहिले कक्षा ५ सम्म सञ्चालन भैरहेको छ । विद्यालयलाई अंग्रेजी माध्यामबाट सञ्चालन गर्न खयरभट्टि सिमगैरा सामुदायिक बन उपभोक्ता समुहले ५ लाख रुपैयाँ सहयोग गरेको छ।