दाङको शान्तिनगर गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतले पत्रकारिता समाजको ऐना भएको बताउनु भएको छ । असल शासन संरक्षण मंच दाङको आयोजना तथा शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोगमा शान्तिननगर – ७ धनौरामा भएको आधारभूत पत्रकारीता तालिम उदघाटन गर्दै पत्रकार समाजनको ऐना भएकाले जसरी ऐनाले कुनैपनी बस्तुलाई जस्ताको तस्तै देखाउछ । पत्रकारिताले समाजमा दैनिक रूपमा हुने घटना हरुलाई जस्ताको त्यस्तै देखाउने भएको हुनाले मर्यादा भित्र रहेर कलम चलाउन सहभागीहरु लाई आग्रह गर्नु भयो। कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका अध्यक्ष प्रमोद बस्नेतले पत्रकारिता आवाज बिहिनको आवाज बन्नुपर्ने कुरामा जोड दिनुभयो । समाजमा भएका बिकृती र बिसंगतीहरुको पर्दाफास गर्दै पहुँच नभएका सर्बसाधारण नागरिकको पक्षमा वकालत गर्न आग्रह गर्न आग्रह गर्नुभयो । पत्रकारिताले शासन र शासित बर्ग बिचको भेदलाई कम गर्दै आपसी सम्बाद सहमति र सहकार्यको बाताबरण सिर्जना गर्ने भएको हुनाले आजको परिवेशमा पत्रकारिताको महत्त्व रहेको बताउनु उहाँको भनाई थियो ।
कार्यक्रमकि बिशिष्ट अतिथी गाउँ पालिकाकी उपाध्यक्ष प्रेमा के.सी.ले अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि जनताको अधिकारलाई सुनिस्चित गर्ने उत्तम विकल्प पत्रकारिता भएको बताउनु भयो । त्यस्तै अर्का बिशिष्ट अतिथि गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लले स्वतन्त्र पत्रकारिताको अभावमा प्रजातान्त्रिक समाजको कल्पना सम्भब नभएको बताउनुभयो । कार्यक्रममा शिव शक्ति मा.बि.का प्रधानाध्यापक ठुम राज लामिछानेले तालिम लिएर व्यबहारमा लागू नगर्दा सम्म तालिम लिएको सार्थकता नहुने बताउनु भयो। पाँच दिन सम्म संचालित उक्त तालिमको प्रशिक्षकहरुमा नेपाल पत्रकार महासंघ दाङ्ग शाखाका अध्यक्ष दुर्गा लाल के.सी., जे एन सागर , शरद रेग्मी,नारायण खडका, आर. के. सितल, दिपक बोहोरा, कृष्ण कंडेल, वसन्त पौडेल , जित सागर जि एम, जयन्ती चौधरी रहेका छन। असल शासन संरक्षण मंच दाङ्गका कार्यक्रम संयोजक निराश पाण्डेको अध्यक्षता भएको कार्यक्रममा महिला पुरुष गरि ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ भने कार्यक्रमको सहजीकरण पत्रकार शर्मिला डि.सी.ले गर्नु भएको थियो।