२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

पञ्चकुले खानेपानीको निर्वाचनमा गठबन्धन प्यानल बिजयी

दाङको बबई गाउँपालिका वडा नम्बर ६ र शान्तिनगर गाउँपालिका वडा नम्बर १ का उपभोक्ता रहेको पञ्चकुले सुधार बिस्तार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे निर्वाचनमा गठबन्धन प्यानल बिजयी भएको छ। चुनावमा चुनाव चिन्ह धारा सहित नेकपा एमाले, माओवादी केन्द्र लगायतका दल सम्मेलित गठबन्धनकाे तर्फबाट खुम बहादुर वली नेतृत्वकाे प्यानल नै बिजयी भएको हाे। गठबन्धनका वली ५ सय ११ मत सहित बिजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका तर्फबाट उमेदवार बन्नुभएका दर्व सिंङ के. सीले ३ सय ६९ मत प्राप्त गर्नु भएको छ। उहाँहरुकाे मतान्तर १ सय बयालिस रहेको छ।

त्यस्तै गठबन्धनका तर्फबाट उपाध्यक्ष पदका उमेदवार चन्द्र बहादुर साठिघरेले ४ सय ९२ सचिव पदका उमेदवार कृष्ण सारुले ४ सय ८८ , काेषाध्यक्ष पदका उमेदवार दुर्जी घर्तीले ४ सय ६६ मत सहित बिजयी हुनुभएको छ। उहाँहरुका प्रतिस्पर्धी काङ्ग्रेसका उपाध्यक्ष पदका उमेदवार चित्र बहादुर डाँगी ३सय ७७ सचिव पदका उमेदवार पाेखर सिङ घर्ती ३ सय ८१ र काेषाध्यक्ष पदका उमेदवार सपना मगर ३ सय ८९ मत सहित पराजित हुनुभएको छ।

गठबन्धनका दलित महिला सदस्य ४ सय ८८, खुला सदस्य ४ सय ७३, सदस्य ( १) ४ सय ५४, सदस्य ( २ ) ४ सय ३३ मत सहित बिजयी हुनुभएको छ। प्रतिस्पर्धी काङ्ग्रेस तर्फका बदलित महिला सदस्य ३ सय ६७, खुला सदस्य ४ सय २ , सदस्य ( १) ३ सय ७२, सदस्य ( २ ) ३ सय ५७ सहित पराजित हुनुभएको छ। शनिबार शान्तिनगर गाउँपालिका वडा नम्बर १ मा रहेको बिरेन्द्र माध्यमिक बिधालयमा सम्पन्न निर्वाचनमा कुल मतदाता संख्या ९ सय ६१ रहेकोमा ९५ प्रतिशत अर्थात ९ सय मत खसेको थियाे ।