२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

दाङमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

दाङमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्। राप्ती गाउँपालिका– ३ मसुरियामा बिजुलीको तार चुडिएर करेन्ट लाग्दा घरमा बसेका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाती कृष केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

करेन्ट लाग्दा दिलसराका श्रीमान ६० बर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि बुटवल लगिएको छ। उनीहरु तीनै जना घरको आगनमा बसेका थिए। शनिबार दिउँसो साढे २ बजेतिर एक्कासी घरमाथि रहेको बिजुलीको तार चुँडिएर तीन जनालाई छोएको प्रहरीले जनाएको छ।