२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

चट्याङ लागेर एकै घरका तीनजना घाइते, घर जलेर नष्ट

सांकेतिक तस्बिर ।

चितवनमा चट्याङ लागेर एकै घरका तीनजना घाइते भएका छन् भने घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा चट्याङ परेको हो। चट्याङबाट सोमबहादुर चेपाङकी श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीया छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए।

छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उनको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको उनले बताए। चट्याङबाट एककोठे कच्ची घर पनि जलेर नष्ट भएको उनले बताए।