२०८१ जेष्ठ १० गते बिहिवार
२०८१ जेष्ठ १० गते बिहिवार

सुन हो कि फलाम गित चर्चामा (भिडियो सहित)

यति बेला सामाजिक संजालमा  सुन हो कि फलाम चर्चामा रहेको छ । परम्परागत रुपमा सारङगीमा गाइने दाइले गित गाउने भाकामा यो गित उतारिएको छ । गितमा दिपेन थापा र राजकुमार वलीको स्वर रहेको छ । शब्द पनि उनिहरुको हो भने फिचरीङ पनि उनिहरु छन् ।  गित राम्रो भनेर धेरैले तारिफ गरेका छन् ।
सानो बोको पालिराथे ठुलो भयो खसी
खसी बेची पैसा आयो फिलिम हेरे बालकोनीमा बसी
त्यही बेलामा गुण्डा आयो रेखा थापा कराई
रेखा थापा आउने बेला कता हराई हराई
काँड तारले बार लायो नाकामा
कमिलाले टोकदियो आँखामा
सुन हो कि फलाम
चिनिनौ सुन हो कि फलाम
दुई दिनको पिरती भो नलाम

दुई बर्ष म विदेश बस्दा
बुढीको विग्रियो अवस्था
सुन हो कि फलाम
चिनिनौ सुन हो कि फलाम
दुई दिनको पिरती भो नलाम
जस्ता व्यङ्ग्य तथा चेतनामूलक शब्द चयन गरिएको छ भने लय अत्यधिक मिठो रहेको छ । यस गितलाई दर्शकले अत्यधिक मन पराएका छन् ।