लक्ष्मी लघुवित्त वित्तिय संस्था हापुरे शाखाले कर्जा बिमा बापतको रकम हस्तान्तरण गरेको छ । हापुरे शाखाबाट सञ्चालित केन्द्र नम्बर १४५ का सदस्य तुलसीपुर उपमहानगरपालिका २ निवासी कमला चौधरीको श्रीमानको निधन भएपछि उनको श्रीमती चौधरीलाई कर्जा बिमा बापतको रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । निमित्त शाखा प्रबन्धक सज्जिता केसीको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिका २ का वडाध्यक्ष भीम बहादुर योगीले चौधरीई बिमा वापतको चार लाख २५ हजारको चेक हस्तातरण गरेका थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष योगीले रकमलाई सही सदुपयोग गर्न आग्रह गरे । साथै आश्रित पीडित परिवारलाई राहत मिल्नुका साथै बालबच्चाको शिक्षा स्वास्थ्यमा सहज हुने अपेक्षा गरे । कार्यक्रममा बोल्दै वडा अध्यक्षले कर्जा रकम सदुपयोग गर्दै वित्तिय अनुशासन पालना गर्न समुह सदस्य तथा स्थानीयलाई आग्रह गरे । यस्तै बिमाको रकममा बुझ्दै सदस्य चौधरीले यस रकमले आफूलाई धेरै राहत मिल्ने बताईन । उनले भनिन ,‘ संस्था घर मै आएर मलाई बिमाको रकम दिएको छ । यस पैसालाई मैले सदुपयोग गर्ने छु । पछिल्लो समय लघुवित्तीय संस्थाहरूको नाममा धेरै गलत कुरालाई बाहिर ल्याइएको भन्दै त्यस्ता कुराहरू चिर्न आफू पनि लाग्ने छु ।’
यस्तै कार्यक्रममा बोल्दै निमित्त शाखा प्रबन्धक केसीले सदस्यले कर्जा लिने बेलामा बिमा गरिने हुँदा त्यसै अनुसार बिमाको रकम हस्तान्तरण गरेको बताईन । लक्ष्मी लघुवित्त परिवार भित्र घटेको यस दुखद घटनाले संस्था निकै दुखित भएको भन्दै संस्थाले थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताईन। बिमाबाट प्राप्त रकमले आर्थिक राहत गर्नुका साथै वित्तिय संस्था पनि कर्जा जोखिमबाट मुक्त हुनेभएकाले कर्जा लिदाँ बिमा अनिवार्य गरिएको बताईन। कार्यक्रमको सहजीकरण कर्मचारी रमिता वलीले गरेकी थिइन ।