२०८१ जेष्ठ १० गते बिहिवार
२०८१ जेष्ठ १० गते बिहिवार

फिल्म ‘डिग्री माइला’ टिमको गफाडी प्रतियोगिता

चैत ३० गते रिलिज हुने दयाहाङ राई र आँचल शर्मा अभिनीत फिल्म ‘डिग्री माइला’ को निर्माण टिमले गफाडी प्रतियोगिता घोषणा गरेको छ। प्रतियोगितामा भाग लिन चाहनेले फिल्मको डिग्री माइला पात्र बनेर आफ्नै बारेमा गफ दिएर भिडिओ पठाउनुपर्नेछ। भिडिओ अधिकतम ३ मिनेटसम्मको हुनुपर्ने छ। निर्माण कम्पनीको बाँसुरी फिल्मस् नामक युट्युब च्यानलसमेत सब्स्क्राइब गरेको हुनुका साथै पोस्ट गरिएको भिडिओमा ‘डिग्री माइला‘ फिल्मको नाम र रिलिज मिति ह्यासट्याग गरिएको हुनुपर्नेछ।

भिडिओलाई फिल्मको निर्माण कम्पनी बाँसुरी फिल्मलाई फेसबुकमा ट्याग गर्दै इमेलसमेत गर्नुपर्ने जनाइएको छ। प्रतिस्पर्धामा उत्कृष्ट ३ जनालाई अनर ब्राण्डका मोबाइल पुरस्कार दिने घोषणा गरिएको छ। सान्त्वना पुरस्कारस्वरूप फिल्मको ५० वटा टिकट प्रदान गरिनेछ। चैत २७ गतेसम्म सर्तहरू पूरा गर्दै भिडिओ पठाउन निर्माण पक्षले आव्हान गरेको छ। रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’मा दयाहाङ र आँचलसहित प्रकाश घिमिरे, माओत्से गुरूङ, बुद्धि तामाङ, विजय बराल आदिको अभिनय छ। नयाँ वर्षको अवसर पारेर यो फिल्म प्रदर्शनमा आउन लागेको हो।