२०८१ जेष्ठ १० गते बिहिवार
२०८१ जेष्ठ १० गते बिहिवार

दाउरा प्रहार गरी श्रीमतीको हत्या

तनहुँमा श्रीमानले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। व्यास नगरपालिका वडा नं ५ साँगेमा ३५ बर्षीय जीतबहादुर कुमालले शनिवार दिउँसो दाउरा प्रहार गरी श्रीमती ३२ बर्षीया सुकमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

श्रीमतीलाई हत्या गर्ने कुमाललाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। घटनाको कारण बारे अनुसन्धानपछि मात्र भन्न सकिने तनहुँ प्रहरीले जनाएको छ।