२०८१ जेष्ठ १० गते बिहिवार
२०८१ जेष्ठ १० गते बिहिवार

दुधकोशी नदीमा डुबेर २ जनाको मृत्यु

 

सांकेतिक तस्वीर ।

भोजपुरको आमचौक गाउँपालिका–१० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो १ बजे आमचोक– ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ। उनीहरुको शवलाई पोष्टमाटमको लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ।