२०८१ जेष्ठ १० गते बिहिवार
२०८१ जेष्ठ १० गते बिहिवार

दाङमा रुपान्तरण अभियानको सुभारम्भ

दाङमा रूपान्तरण अभियान सुभारम्भ गरिएकाे छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले रूपान्तरण अभियान दाङको सुभारम्भ गरेका हुन् ।
अभियानको सुभारम्भ गर्दै मेयर खड्काले रुपान्तरणको सुरुवात घरबाट गर्नुपर्ने र समाज रुपान्तरण गर्दा चेतनाको विकास अनिवार्य भएको बताए । अभियानले समाजमा भएका नकारात्मक कुरालाई कसरी सकारात्मक रुप दिने भन्ने बिषयमा केन्द्रित हुनुपर्ने खड्काको भनाई छ ।

कार्यक्रममा तुलसीपुर १६ का वडा अध्यक्ष शिवानन्द डाँगी,ईलाका प्रहरी कार्यालयका निमित्त प्रमुख नवचन्द्र मल्ल लगाएतले आफ्नो धारणा राख्दै अभियानको सफलता शुभकामना दिए ।
कार्यक्रम रुपान्तरण अभियान दाङका संयोजक गिरीराज नेपालीको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण अभियानका महासचिव कपिल लामिछानेले गरेका थिए ।