२०८१ जेष्ठ १० गते बिहिवार
२०८१ जेष्ठ १० गते बिहिवार

भाटभटेनी सुपर मार्केटमा आगलागी : एक करोड ७० लाखको क्षति

महानगरपालिका १४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा भएको आगलागीबाट एक करोड ७० लाखको क्षति भएको छ। शुक्रबार साँझ मार्केटमा करेन्ट सर्ट भई आगलागी भएको थियो।

आगलागीबाट जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बिसिटी १ थान, फ्रिज कम्प्रेशर १ थानलगायत जलेर करिब १ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।