२०८१ जेष्ठ १० गते बिहिवार
२०८१ जेष्ठ १० गते बिहिवार

सल्यान बस दुर्घटना अपडेट : १४ यात्रु घाइते


दाङबाट रुकुम जाँदै गरेको यात्रुबहाक बस सल्यानमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।
बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए ।

उनका अनुसार घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भीर छ, भने १० जनाको अबस्था सामान्य रहेको छ । घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले बताएको छ । घाइतेहरुको विवरण आउन बाँकी छ ।