२०८१ जेष्ठ १० गते बिहिवार
२०८१ जेष्ठ १० गते बिहिवार

 दाङका उद्यमी महिला हस्तकलाबाट आयआर्जन गर्दै

दाङका उद्यमी महिलाले हस्तकलाबाट आयआर्जन गर्न थालेका छन् । उनीहरुले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरीलगायतका सामग्री बनाउने गरेका छन् ।  हस्तकलाका सामग्री उत्पादनको माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहज तथा बचतसमेत हुने गरेको लमही नगरपालिका–५ कि सरिता चौधरी बताउनुहुन्छ ।

उद्योग नै स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताउनुभयो । उहाँका अनुसार थारू समुदायसँग सम्बन्धित हस्तकलाका सामग्रीको खपत राम्रो हुने भएकाले बनाउन सकेमा महिनामा १५–२० हजार रुपैयाँ सजिलै कमाउन सकिन्छ ।

बिगतमा काम नहुँदा दिनभर गफ गर्ने, टिभी, मोबाइल हेरेर समय बिताउने गरेकोमा अहिले कामले गर्दा फुर्सद नै नहुँने उद्यमी महिलाको भनाई छ । तीन वर्षअघि सीप सिकेर हस्तकलाका सामग्री उत्पादनमा लागेकी सुमित्रा चौधरीले महिनामा २० हजार रुपैयाँसम्म कमाउने गरेको बताउनुभयो । हस्तकलाका सामग्री काठमाण्डौ, पोखरा जस्ता मुख्य शहरमा माग र बिक्री धेरै हुने गरेको उद्यमी महिलाको भनाई छ ।राससबाट