२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

सल्यान बस दुर्घटना अपडेट : गाडि धनिकाे मृत्यु

सल्यानमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ४का गाडी धनी ४६ वर्षीय विष्णु वि.क रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएका वि.कको डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनु भयो ।

यस्तै दुर्घटनामा परी गम्भीर घाइते ८ जनाको नसिंङ नेपालगञ्जमा उपचार भइरहेको छ । नेपालगञ्जमा उपचार हुनेमा रुमुक पश्चिम त्रिवेणी गाउँपालिका २ की २२ वर्षीया चित्रा पुन, शोही ठाउँकी ६ वर्षीय रेशम मगर, दाङ नारायणपुन नगरपालिका ४ रक्षाचौर बस्ने २६ वर्र्षीया खिमा वि.क, तुलसीपुर उ.म. न.पा १० बिजौरीका २९ वर्षीय कृष्ण चौधरी, दाङ नारायणपुर न.पा १० की ३६ वर्षीया दिल कुमारी गोतामे, तुलसीपुर उ.म.न.पा ६ का गाडी चालक ३४ वर्षीय पूर्ण शम्सेर जबरा, तुलसीपुर उ.म.न.पा ७ की ४९ वर्षीया ठगी बुढा र शोही ठाउँकी ४७ वर्षीया कुम्भ कुमारी बुढा रहेको प्रहरी प्रमुख कार्कीले बताउनु भयो ।

यस्तै दुई जनाको सल्यान बागचौर नगरपालिकाको एक पोलिक्लिनिकमा उपचार भइरहेको छ भने सामान्य घाइते भएका अन्य सबै डिस्चार्ज भइसकेको उहाँले बताउनु भयो ।
बुधबार बिहान राप्ती राजमार्ग अन्तर्गत दाङ रूकुम सडकखण्डको बागचौर नगरपालिका २ ठिङबाङ खोला पुलमा दाङको घोराहीबाट रुकुम पूर्व जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस दुर्घटना भएको थियो । बस दुर्घटना हुँदा २२ जना घाइते भएका थिए ।