२०८१ जेष्ठ १० गते बिहिवार
२०८१ जेष्ठ १० गते बिहिवार

तुलसीपुरको एक घरमा आगलागि

तुलसीपुरको एक घरमा आगलागि भएको छ । तुलसीपुर – १३ दमारगाउँ निवासी चन्द्र चन्द्र बहादुर बुढाको घरमा बुधबार आगलागि भएको स्थानीय हेमराज शाहुले जानकारी दिनुभयो । आगलागिबाट करिब २ लाख ६० हजार बराबरको क्षति भएको छ । जंगलमा फैलिएको आगोले घरमा आगलागि भएको हो । घर जलेर पूर्णरुपमा क्षति भएको छ ।