२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

राजपुरका आगलागी पीडितकाघर टहरा बनाउदै विप्लवका कार्यकर्ता


नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले राजपुरका आगलागी पीडित सर्वसाधारणका घर टहरा बनाउन कार्यकर्ता खटाएको छ । बुधबारदेखि तीन दिनसम्म २५ जना कार्यकर्ता अग्नी पीडितका घर टहरा निर्माणका लागि खटिने भएका छन् ।

नेकपाका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज सविनले निस्वार्थ रुपमा जनताको सेवा गर्न आग्रह गरे । उनले राजनीति जनताको सेवाका लागि हुनुपर्ने बताएका थिए ।

श्रम शिविरमा लमही , घोराही , तुलसीपुर र शान्तिनगरबाट करिव २५ जना नेता कार्यकर्ता सहभागी हुने छन् । नेकपा दाङले राजपुर – ७ हाटवासका आगलागी पीडितका लागि नगद राहत २८ हजार पाँच सय रुपैँया हस्तान्तरण गरि सकेको छ ।