दाङको तुलसीपुरबाट काठमाण्डौका लागि छुटेको रात्री बस बेलझुण्डिमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तुलसीपुरबाट काठमाण्डौंका लागी छुटेको वागमती प्रदेश.३–०१–००६ ख ०९७५ नम्बरको बस शुक्रवार बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेलझुण्डीमा दुर्घटना भएको प्रहरी जानकारी दिएकाे छ । घाइते हुनेमा जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.८ बस्ने बर्ष १८ कि अन्जली के.सी., तुलसीपुर १७ बस्ने बर्ष ४० को महेन्द्र बस्नेत, तुलसीपु, १९ बस्ने बर्ष २८ को भिमकान्त महरा, तुलसीपुर ८ बस्ने बर्ष २४ को बिन्जन के.सी. , तुलसीपुर बस्ने बर्ष ४६ को देव बहादुर के.सी. , तुलसीपुर ७ बस्ने बर्ष ३७ कि भिम कुमारी बि.क. , तुलसीपुर बस्ने बर्ष ३७ कि सबिना बुढा , तुलसीपुर २ बस्ने बर्ष १८ कि ममता नेपाली, तुलसीपुर .बस्ने बर्ष १८ कि समिक्षा शर्मा, रोल्पा गंगादेव गा.पा.१ बस्ने बर्ष २२ को यामलाल वली, माडी गा.पा.१ बस्ने बर्ष २० को दल बहादुर बि.क. , सल्यान बागचौर न.पा.५ बस्ने बर्ष १९ को मोहन के.सी. , साेही ठाउँ बस्ने बर्ष २४ को भरत डाँगी , बागचाैर ३ बस्ने बर्ष २९ को सुशिल ढकाल, छत्रेश्वरी गा.पा.२ बस्ने बर्ष २८ को रमेश के.सी. , छत्रेश्वरी १ बस्ने बर्ष ३० को गणेश चन्द , दाङ तुलसीपुर उ.म.न.पा.१५ बस्ने बर्ष २० दिपु बस्याल रहेका छन् ।
घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उक्त बसका चालक तुलसीपुर उप-महानगरपालिका वडा नं. ९ बेलुवा बस्ने बर्ष ३३ को गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।