२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको ज्यान गयो

दाङकाे देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्ला रोल्पा गंगादेब गा.पा.६ ताप्ला बजार बस्ने बर्ष ५४ को बिर बहादुर खड्का रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनु भयो ।

आज दिउसो करिब पौने २ बजेको समयमा लमही नगरपालिका-१ नर्ती चोकमा पुर्वबाट पश्चिम तर्फ आउंदै गरेको लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल र पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको रा ३ प ८२४५ नम्बरको मोटर साइकल एक आपसमा ठाेक्किएका थिए ।

लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल चालक रुपन्देही गैडहवा गाउँपालेका -७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको बायाँ कुम र कम्मरमा भित्री चोट लागेको तथा उनको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

रा ३ प ८२४५ नम्बरको मोटर साइकलमा सवार सोहि ठाउँ बस्ने वर्ष ५७ का कमानसिंह खत्रीको वाँया हात, नाक, कम्मर र दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ । दुर्घटना कसरी भयो भन्नेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भुसालले जानकारी दिनु भयो ।