दाङमा टिप्परले विद्युत पोल ढालेपछि चोट लागेर तीन वर्षीया बालिकाको मृत्यु, २ बालक घाइते भएका छन् । शनिबार बेलुका सवा ४ बजेतिर लु २ ख २३८६ नम्बरको टिपरले सडक निर्माणका लागि गिट्टी झार्ने क्रममा त्यसको ढालाले विद्युतको लाइन छुन जाँदा तार तानिएपछि पोल ढलेको थियो।
तुलसीपुर – १८ मा ढलेको तारसहितको पोलले स्थानीय तुलसीपुर – १७ मानपुरका तीन बालबालिका घाइते भएका थिए ।
त्यसमध्ये लक्ष्मण चौधरीकी ३ वर्षीया छोरी सुप्रिया चौधरीको बाँकेको नेपालगञ्जस्थित नरसिंङ होममा उपचारका क्रममा राति १०ः५० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। अन्य दुई बालक भने उपचार पछि डिस्चार्ज भइ घर फर्की सकेका छन् ।