पश्चिमदाङको बबईमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।लायन्स क्लव अफ तुलसीपुर ईशानको आयोजना तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा बबई गाउँपालिका निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ तुलसीपुर ईशानका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षतमा एबं बबई गाउँपालिकामा अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले राज्यले गर्नु पर्ने काम सामाजिक संघ संस्थाले गरेकोमा खुशी व्यक्त गर्नु भयो ।सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले तुलसीपुर इशनले बबई गाउँपालिकामा रहेका आँखाका बिरामीहरूलाई सेवा दिएकोमा खुसी व्यक्त गर्नु भयो । तुलसीपुर ईशानका अध्यक्ष ऋषि भण्डारीले मानिसको सवेदनशिल अंग आँखा भएकाले हरेक मानिसले सहजैरुपमा आँखाको उपचार पाउनु पर्ने बताउनुभयो । ‘संसार देख्ने दृष्टि यदि दृष्टिविहीन भयो भने मानव जीवन अन्धकार हुन्छ’ , अध्यक्ष भण्डारीले भन्नुभयो ‘आँखाको क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा ईशानले राज्यले गर्नु पर्ने जिम्मेवारी गर्दै आएकम छौं ।’
शिविरमा २ सय २६ जनाको आँखा जाँच गरिएको नेत्र सहायक शान्ता रेग्मीले बताउनु भयो। जसमा जटिल प्रकृतिका १६ जनालाई राप्ति आँखा अस्पताल रिफर गरिएको छ । १ सय २४ जनालाई चस्मा वितरण गरिनुका साथै मोतिबिन्दुको सल्यक्रिया गर्ने बिरामीलाई अस्पतालमा रिफर गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा लायन्स क्लव अफ तुलसीपुर इशनका संस्थापक अध्यक्ष बुद्ध प्रकाश सिंह, बबई गाउँपालिकामा स्वास्थ्य प्रमुख हरी खड्का लगायतकाले शुभकामना राख्नु भएको थियो । संस्थाका कोषाध्यक्ष केशबराज न्यौपानेको स्वागत मन्तव्यबट सुरु भएको कार्यक्रमको सहजीकरण सह–सचिव सरद शर्माले गर्नु भएको थियो ।