२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जन घाइते

गुल्मीकाे सदरमुकाम तम्घास नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । अर्घाखाँचीको छत्रदेव-७ नेटाबाट गुल्मी सदरमुकाम तम्घास देउराली आउँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर गएराति दुर्घटना भएको हो । दुर्घटनामा चालक अर्घाखाँचीको सन्धिखर्क-८ का २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । मंगलबार राति सडकबाट ६० मिटर तल खस्दा तीन जना घाइते भइ उपचारका लागि गुल्मी अस्पतालमा ल्याएकोमा चालक पुरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए । दुर्घटनामा सन्धिखर्क-८ कै ३३ वर्षीय रिसभ केसी र अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका-२ बस्ने २९ वर्षीय नविन घिमिरे घाइते भएका छन् । घाइतेमध्ये रिसभको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको छ ।