सल्यानमा पछिल्लो समय स्वास्थ्य संस्थामै गएर सुरक्षित सुत्केरी गराउनेको संख्यामा बढेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्यांक अनुसार यस आर्थिक वर्षको सुरुदेखि चैत मसान्तसम्म जिल्लामा २ हजार ३ सय ८९ जनाले स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिएका छन् ।
स्वास्थ्य संस्थामा सुत्केरी हुन आउन थालेपछि जिल्लामा मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनु भयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९र०८० मा मातृ मृत्यु १ जनाको भएको थियो भने नवशिशु मत्यु २१ रहेको थियो तर चालु आर्थिक वर्षमा मातृ मत्युदर शुन्य रहेको छ भने नवशिशु मत्यु ६ मात्र रहेको छ ।
सामुदायिक स्वास्थ्य कार्यक्रम लगायतका जनचेतनाको प्रभावले जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्या बढेको डिसीको भनाई छ । उहाँका अनुसार चालु आर्थिक वर्षमा २ हजार ३ सय ८९ जना सुत्केरी हुँदा आर्थिक वर्ष २०७९र०८० मा ३ हजार ६ सय २४, आ।व।२०७८÷०७९ मा ३ हजार २ सय ५६ जना स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् ।
चालु आ.व. मा दार्मा गाउँपालिकामा १५०, कुमाख गाउँपालिका १४३, बनगाड कुपिण्डे नगरपालिकामा २३८, सिद्ध कुमाख गाउँपालिकामा ६२, बागचौर नगरपालिकामा ३३५, छत्रेश्वरी गाउँपालिकामा १०१, शारदा नगरपालिकामा १०२८, कालिमाटी गाउँपालिकामा ११७, त्रिवेणी गाउँपालिकामा १०८ र कपुरकोट गाउँपालिकामा १०६ जना स्वास्थ्य संस्थामा सुत्केरी भएको डिसीले बताउनु भयो ।
घरमै सुत्केरी गराउँदा विभिन्न खालका जटिलता हुने र अप्ठेरो भएमा ज्यानसमेत जोखिममा हुने भएकाले सुरक्षित सुत्केरी गराउनका लागी धेरैजसो महिलाहरू अहिले स्वास्थ्य संस्थामा जाने गरेको सूचना अधिकारी डाँगीको भनाई छ ।