दाङका अत्यधिक गर्मी बढेपछि पुन: विद्यालय बन्द हुन थालेका छन् । दाङका विद्यालयका विद्यार्थीमा गर्मीका कारण बेहोस लगायत अन्य समस्या देखिन थालेका पछि स्थानिय पालिकाले विद्यालय बन्द थालेका छन् ।
पश्चिमदाङको बबई गाउँपालिका मंगलबार देखि विद्यालय बन्द गरिएको छ । यसैगरी घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र शान्तिनगर गाउँपालिकाले गर्मी विदा गर्ने निर्णय गरेका छन् । आज बुधबार सूचना जारी गर्दै भोली विहिवार देखि विद्यालय बन्द हुने जनाएका छन् । असार २ गते आइतबारबाट विद्यालय संचालन हुने सूचनामा उल्लेख गरेका छन् । अन्य पालिकाले पनि विद्यालय बन्द गर्ने तयारी गरेका छन् । हप्ता दिन अघि पनि गर्मी विदा गरेका दाङका पालिकाले पानी परेपछि विद्यालय संचालन गरेका थिए ।