बबई गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष तथा बबई गाउँपालिका प्रवक्ता तिलकराम भण्डारीले शिद्धेश्वरी आधारभूत विद्यालयमा शिक्षक नियुक्तिमा आफ्नो नाम जोडेर भ्रम पुर्ण सामाजिक संजाल र केही अनलाइनमा समाचार प्रकाशन भएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ । गत जेठ २७ गते भएको निमावि तहको अंग्रेजी विषय शिक्षकको परीक्षाको रिजल्टमा आफ्नी बुहारीलाई नाम निकाल्ने षड्यन्त्र गरेको भन्ने भ्रमपूर्ण समाचार प्रकाशण र प्रशारण गरेको भन्दै वडा अध्यक्षले सत्य तथ्य बुझेर समाचार बनाउन आग्रह गर्नुभएको छ । परीक्षामा २ जना सामेल भएकोमा सपना वली भण्डारीको नाम निकाल्न सफल भएकी थिइन् ।
आज एक विज्ञप्ती जारी गर्दै वडा अध्यक्ष भण्डारीले बुहारी सपना वली भण्डारीले आफ्नो क्षमता र योग्यताले नाम निकालेको दावी गर्दै यसमा आफ्नो कुनै हात नरहेको यसै विज्ञप्ती मार्फत प्रष्ट पार्नु भएको छ । शिक्षा ऐन र नियामावली अनुसार परीक्षा समितिले परीक्षा गराएर निष्पक्ष ढंग रिजल्ट आउट गरेकोमा आफ्नो नाम जोडेर पदिय र राजनितिक चरित्र हत्या गर्न खोजेको दावी गर्नु भएको छ । राज्यको चौठौ अंगको रुपमा रहेको मिडियालाई सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन गर्न आग्रह गर्नु भएको छ । एकतर्की मात्र समाचार प्रकाशन गरेर कसैको चरित्र हत्या नगर्न आग्रह समेत गर्नु भएको छ । पत्रकारले आफ्नो मर्यादालाई ख्याल गरी समाचार प्रकाशन गर्न सुझाव समेत दिनुभएको छ ।
दाङ बबई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष तिलकराम भण्डारीले षडयन्त्र गरेर आफ्नो बुहारीको नाम निकालेको भन्दै परीक्षामा सहभागि
शान्तिनगर निवासी हेमा भण्डारीले विरोध गरेकी थिइन । परीक्षामा सहभागि भण्डारीले वडा अध्यक्ष भण्डारीले पहुँचको आधारमा बुहारीकाको नाम निकालेको आरोप लगाएकी थिइन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले लेखेकी छन्‘ सोही वडाका वडाध्यक्ष तिलकराम भण्डारीले आफ्नी जेठी बुहारी सपना वली नाम निकाल्ने गरि षडयन्त्र गरेको गम्भिर आरोप लगाएकी थिइन ।