२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

प्रतिष्ठानमा विशेषज्ञ सेवा बिस्तार : हाडजोर्नी, सर्जरीमा थपिए

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा बिस्तार गर्नेक्रममा अहिले धमाधम चिकित्सकहरु थपिएका छन्। प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले अस्पतालमा विशेषज्ञ सेवा थप बिस्तारमा जोड दिईएको बताए । उनले अस्पतालका विभिन्न बिभागमा नयाँ चिकित्सक थप्न सुरु गरिएको जानकारी दिदै अन्य नयाँ चिकित्सकहरु आउनेक्रममा रहेको बताए । प्रतिष्ठानका अनुसार अर्थोपेडिक्समा, सर्जरिसहित बिभिन्न बिभागमा नयाँ चिकित्सक थपिएका छन । थपिने चिकित्सकहरुमा अर्थोपेडिक्समा डा. निश्चल शर्मा, सर्जरि बिभागमा डा. दिनेश शाही, डा. जनार्दन पन्थि रहेका छन । त्यस्तै प्रतिष्ठानमा एनाटोमी बिभागमा डा. निरज पाण्डे, प्याथोलोजी बिभागमा डा. जेनिसा छतकुलि, एनेस्थेसियोलोजिमा डा. आकाङ्क्षा श्रेष्ठ, दन्त बिभागमा डा. निरोज खनाल, रेडियोलोजी बिभागमा डा. राजेश निरौलालाई थपिएको छ । यसैगरेर स्कुल अफ नर्सिङ तर्फ मोना अबस्थि, सुसान्ता सापकोटालाइ थपिएको छ । रजिस्ट्रार लम्सालका अनुसार एमबिबिएस सन्चालनका लागि आबश्यक सबै फ्याकल्टिमा पनि चिकित्सक आउनेक्रम जारी रहेको पनि जानकारी दिए ।