२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

प्रतिष्ठानमा आईतवार देखि नियमित रूपमा मानसिक रोग उपचार सेवा

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आईतबारदेखि नियमितरुपमा मानसिक रोगको उपचार सेवा सुरु हुने भएको छ । केही समयदेखि विशेषज्ञ चिकित्सकको अभाबमा प्रतिष्ठानले उपचार सेवा दिन सकेको थिएन् । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले मानसिक रोगको विशेषज्ञ अस्पतालमा हाजिर भएपछि सो सेवा सुरु गर्न लागीएको जानकारी दिनु भयो ।
मानसिक रोग विशेषज्ञ डा. सरोज उप्रेतीले शुक्रबारदेखि प्रतिष्ठानमा नियुक्ती लिएको र अब हरेक दिन नियमीत ओपिडि सेवा दिने उहाँले बताउनु भयो । हाल प्रतिष्ठानमा मानसिक रोग भएका बिरामिहरुको उपचारका लागि १० शैयाको उपचार कक्ष समेत रहने रजिस्ट्रार लम्सालले बताउनु भयो ।