२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

तुलसीपुरमा आमाहरुको लागि मिडिया साक्षरता कार्यक्रम

दाङको तुलसीपुरमा आमाहरुको लागि मिडिया साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासघ दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा आमाहरूको एक दिने मिडिया साक्षरता कार्यक्रम भएको हो । नेपाल पत्रकार महासघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खडकाले मिडिया अफवाह फैलाउने नभर्इ विश्वासिलो हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गेहेन्द्र बहादुर डागीले समाज यथार्त कुरा सबै पस्किन आग्रह गर्नुभयो । समाज परिवर्तनकालागि मिडियाको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका, प्रेस चौतारी दाङका अध्यक्ष प्रेम राम्जा, प्रेस सेन्टर दाङका उपाध्यक्ष दामोदर बस्नेत राकेश लगाएतले मिडिया साक्षरता आफैमा महत्त्वपुर्ण भएकोले यस विषयमा आम नागरिकले सत्य तथ्य बुझ्न पाउनु पर्ने बताउनुभयो।

नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष सन्तोष सुबेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब आरके शितले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी र नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष सन्तोष सुबेदीले मिडिया साक्षरताका बारेमा प्रशिक्षण दिनु भएको थियो ।