२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

तुलसीपुरमा स्कुल बसको ठक्करबाट तीन जना घाइते

दाङको तुलसीपुरमा स्कुल बसको ठक्करबाट तीन जना घाइते भएका छन् । आज मंगलवार विहान ६ बजे तिर तुलसीपुर स्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलको ना अ प ब ४९३ नम्बरको बसले रा ६ प ८८८७ नम्बरको स्कुटरलाई सुनिल स्टेशनरी नजिकै ठक्कर दिएको हो ।
घाइते हुनेमा स्कुटरलाई स्कुटर चालक तुलसीपुर ३ का ४७ बर्षीय प्रेम चन्द, उनका १४ बर्षीय छोरा साजन चन्द र बस चालक तुलसीपुर ७ निवासी ५६ बर्षीय नन्द बहादुर पुन घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाकाले जानकारी दिनुभयो । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।