२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

शान्तिनगर ट्याक्टर दुर्घटना अपडेट : एक जनाको मृत्यु

सांकेतिक तस्वीर ।

पश्चिमदाङको शान्तिनगरमा हिजो सोमबार ट्याक्टर दुर्घटनामा परि घाईते चार मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
गम्भीर घाइते शान्तिनगर गाउँपालिका – २ का ५१ बर्षीय धनबहादुर भण्डारीको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । उनको आईतबार तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि बाँके रेफर गरिएको थियो । अन्य घाइतेहरु शान्तिनगर गाउँपालिका – २ का २३ बर्षीय उमेश भण्डारी, ३९ बर्षीय भिमबहादुर बुढाथोकी र ५२ बर्षीय लाटो रानाको उपचार जारी छ ।

सोमबार बेलुकी पौने ८ बजेतिर शान्तिनगर गाउँपालिका – १ नयाँ बस्तिस्थित गुन्डले खोलामा खिलतपुरबाट अमवा तर्फ ढुँगा लोड गरि जाँदै गरेको रा १ त २३१७ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । ट्याक्टरमा सवार ६ जना मध्य एक जना सकुशल छन् । ट्याक्टरका चालक फरार छन् । ट्याक्टर चालकको खोजी भइ रहेको छ ।