२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

भेरी नदिमा बगेर एक बालक बेपत्ता

सांकेतिक तस्वीर ।

जाजरकोटमा एक बालक भेरी नदिमा बगेर बेपत्ता भएका छन् । जिल्लाको नलगाड नगरपालिका ११ तल्लुका लोक बहादुर सिंहका छोरा १६ वर्षका जलन सिंहको भेरीमा बगेर बेपत्ता भएका हुन ।

स्थानीय गणेश सिंहले जन्मजात मानसिक रूपमा अपाङ्गता भएका जलन दुई दिनदेखि भेरी नदिमा बगेर बेपत्ता भएको र स्थानीय तथा प्रहरीको टोलीले खोज्दा समेत हालसम्म नभेटिएको बताउनुभयो ।