२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, ६ जना घाइते

 

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । बिहीबार विहान १० बजेतिर जिल्लाको चौरजहारी नगरपालिका १२ सानाखोलास्थित भित्री सडकमा ट्याक्टर दुर्घटना भएको हो ।

कुलो निर्माणको लागी ढुंगा लिई चौरजहारीतर्फ आउँदै गरेको क प्र ०३००१ त ००१ नम्बरको ट्याक्टर ब्रेक फेल भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परि सोही ठाउँका २५ वर्षीय गोपाल खत्रीको मृत्यु भएको छ । घाइते हुनेहरुमा चौरजहारी नगरपालिका ११ का ९ वर्षीय डिल्ली डाँगी, वडा नम्बर १२ का ४३ वर्षीय बलु जैसी, सोही ठाउँकी १२ वर्षीया कल्पना वली, ४३ वर्षीय शरद शर्मा, २० वर्षीय विकास कुमाइ र चालक २३ वर्षीय लक्ष्मण कुमाइ रहेका छन ।

घाइतेहरुको मिसन अस्पताल चौरजहारीमा सामान्य उपचारपछि थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ । ट्याक्टर सडकबाट ८० मिटर तल खसेको बताईएको छ ।