२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

यस वर्षको (एसइई) चैत ७ गतेदेखि सञ्चालन हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिकामा कक्षा १० को आवेदन फाराम इन्ट्री पुस १ गतेदेखि मसान्तसम्म हुने उल्लेख छ।

प्रश्नपत्र छपाइ र ढुवानी फागुन १ गतेदेखि मसान्तसम्म हुने पनि उक्त कार्यतालिकामा उल्लेख छ। कार्यतालिका अनुसार परीक्षा तालिका प्रकाशन माघ १ गते र माघ पहिलो हप्ताभित्र भने परीक्षा केन्द्र निर्धारण हुने छ।