२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

तुलसीपुरमा ट्रक र मोटरसाइकल ठोक्किदा ३ जना घाइते

तुलसीपुरमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । विहिवार दिउँसो करिब सवा ३ बजेतिर तुलसीपुर १७ झिगै चोकमा तुलसीपुरबाट घोराही तर्फ जादै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रकलाई सोही दिशा तर्फ जादै गरेको रा ४ प ५३६४ नम्बरको मोटरसाइकलले आेभरट्याक गर्न खाेज्दा दुर्घटना भएकाे ईलाका प्रहरी कार्यलय तुलसीपुरले जानकारी दिएकाे छ ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक तुलसीपुर १६ बस्ने २३ वर्षिय शरद वली, पछाडी सवार तुलसीपुर १७ झिनुवा बस्ने २२ वर्षिय दिनेश गिरी र तुलसीपुर २ खैरीपुर बस्ने २४ वर्षीय शाजन गिरी रहेका छन् ।

उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ । उनीहरु मोटरसाइकलमा ३ जना सवार थिए ।
ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।