नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले सत्ता समीकरण बदलिने कुनै सम्भावना नरहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मालेडाँडामा नेकपा एमालेका नेता श्रीमणि आचार्यको सालिक अनावरण गर्दै महासचिव पोख्रेलले अहिलेको सत्तासमीकरण २०८४ को निर्वाचन पछिसमेत कायम रहने बताउनुभएको हो । उहाँले देशमा बलियो राजनीतिक शक्ति निर्माणमा दलहरू लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले श्रीमणि आचार्यले दाङको शिक्षा,राजनीतिक तथा सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो । यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद दीपक गिरीले राजनीतिक स्थायित्वका लागि बलिया शक्ति एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले दाङको विकासमा सम्पूर्ण एकजुट हुनुपर्ने बताउनुभयो।
२०५१ सालमा निर्वाचनका क्रममा बिजौरीमा गोली चल्दा घाइते भएका नेकपा (एमाले) का तत्कालीन जिल्ला कमिटी सचिव श्रीमणि आचार्यको २०६४ पुस ३ मा उपचारका क्रममा निधन भएको थियो। जनस्तरबाट रकम सङ्कलन गरेर सालिक निमार्ण गरिएको बताइएको छ।