२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध

फाइल तस्वीर ।

मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ। रुकुमपश्चिमको मुसिकोट नगरपालिका ८ किटनीमा बिहीबार बेलुकी पहिरो जाँदा बाटो अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा रुकुमपश्चिम हुँदै रुकुम पूर्व, पोखरा, काठमाडौँ जाने यातायातका साधन रोकिएका छन्।

रुकुम पूर्वबाट पनि रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगञ्ज जाने सवारी साधन रोकिएका छन् । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाटो खुलाउने कोशिस भइरहेको बताए। बिहीबार राति भएकोले पहिरो पन्छाउन कठिनाइ भएको र आज बिहानै पहिरो हटाउन एक्स्काभेटर त्यसतर्फ गएको उनले जानकारी दिए।