२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

दोस्रो बबई रनिङ शिल्डको उपाधी वडा नम्बर ३ को हातमा

दाङको बबई गाउँ पालिकामा सञ्चालित दोस्रो बबई रनिङ शिल्डको उपाधी वडा नम्बर ३ ले प्राप्त गरेको छ । बबई युबा तथा खेलकुद परिषदको आयोजनामा भएको दोस्रो बबई रनिङ शिल्डको शिल्डमा ६ स्वर्ण र ४ कास्य पदक प्राप्त गर्दै वडा नम्बर ३ ले उपाधी जितेको हो । प्रतियोगितामा ३ स्वर्ण र ३ र कास्य पदक सहित वडा नम्बर ७ ले दोस्रो स्थान प्राप्त गर्दा २ स्वर्ण र ३ कास्यसहित वडा नम्बर २ तेस्रो भएको छ भने वडा नम्बर ४ ले २ स्वर्ण र २ कास्य पदकसहित चौथो स्थान ओगट्न सफल भएको छ ।

गत असार ११ गतेदेखी फुटबल, भलिबल, कृकेट र कराते बिधा गरबि १५ पदकका लागी सुरु भएको प्रतियोगिताको बिहिवार एक कार्यक्रमका बिच समापन गरिएको छ। समापन कार्यक्रममा बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कडेल । वडा नम्बर ४ का अध्यक्ष टेक वहादुर वली, ६ का वडाध्यक्ष राजेन्द्र बिक्रम शाहा, वडा नम्बर २ का वडाध्यक्ष टेक वहादुर वली, कार्यपालिका सदस्य नारायण परियार लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको असार ११ गते जिल्ला समन्वय समिति दाङकी उपप्रमुख चेतना चौधरीले उद्घाटन गर्नुभएको थियो ।