२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

शान्तिनगरमा मिड वेष्टका संदिप र अमृत विद्याकी स्वइच्क्षा एसईईमा उत्कृष्ट बने


दाङको शान्तिनगर गाउँपालिकामा २०८० सालको एसईई परिक्षामा दुई विद्यार्थीले उत्कृष्ट नतिजा लिएका छन् । शान्तिनगर – ७ खैरेनी स्थित मिड वेष्ट प्वाइन्ट एकाडेमीमा अध्ययनरत छात्र संदिप चौधरीले ३.८३ जिपिए ल्याएका छन भने शान्तिनगर गाउँपालिका वडा नं. ३ स्थित अमृत विद्या मन्दिरकी छात्रा स्वइच्क्षा पाण्डे पनि ३.८३ जिपिए समान लिएकी छन् । शान्तिनगर गाउँपालिका अन्तरगत सामुदायिक र संस्थागत गरि १३ बिद्यालय बाट ३ सय ८४ बिद्यार्थी एसइइमा सहभागी भएका थिए। सहभागी मध्य २ सय ५३ बिद्यार्थी उत्तीर्ण भएका छन्। दाङको उत्कृष्ट नतिजामा मध्ये शान्तिनगर गाउँपालिका दोस्रो नम्बरमा परेको छ ।

मिड वेष्ट प्वाइन्ट एकाडेमीका प्रीन्सिपल वीर बहादुर घर्ती र अमृत बिद्या मन्दिरका प्रीन्सिपल पवन कंडेलले आफ्नो विद्यार्थी शान्तिनगर गाउँपालिका भित्र सहभागी विद्यार्थी मध्य सबैभन्दा बढी जिपिए ल्याइ उत्कृष्ट बनेकोमा खुसी व्यक्त गर्दै आगामी एसइईमा जिल्लामै उत्कृष्ट नतिजा ल्याउने गरि पठनपाठन सञ्चालन गर्ने बताउनुभएको छ । संदिप वडा नम्बर ५ रंगैजा निवासी हुन भने स्वइच्क्षा शान्तिनगर ४ चिराघाट निवासी हुन ।